लेख विवरण

साफ यू–१५ च्याम्पियनसिप : पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

साफ यू–१५ च्याम्पियनसिप : पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । बंगलादेशमा कार्तिक १५ देखि २५ गतेसम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल भुटानसँग कार्तिक १७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश र भुटान गरी तीन टोलीको सहभागिता रहनेछ ।

सहभागी टोलीले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्षटोली च्याम्पियन बन्नेछ । च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गराईरहेको छ । खेलाडीलाई प्रशिक्षक भगवती रानामगरले प्रशिक्षण गराई रहेकी छिन ।

May be an image of text that says "SAFF U15 WOMEN'S CHAMPIONSHIP 2022 BANGLADESH, BSSSMK STADIUM, DHAKA 1-11 NOV 2022 BHU vs NOV/ 16:30 HRS BAN NEP vs 3 NOV/ 16:30 HRS BHU BAN vs NEP 5 NOV/ 16:30 HRS BAN vs BHU NOV/ 16:30 HRS BHU vs 9 NOV/ 16:30 HRS NEP NEP vs BAN 11 NOV/ 16:30 HRS TEAM WITH THE HIGHEST NUMBER OF POINTS AT THE END OF THE LEAGUE ROUND WILL BE DECLARED THE WINNER"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.