लेख विवरण

सिटिजन्स बैंक खुला टेनिस मंगलबारदेखि

सिटिजन्स बैंक खुला टेनिस मंगलबारदेखि

काठमाडौं । काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स तथा भेट्रानमा ७ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल टेनिस संघका महासचिव समेत रहेका आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ५ लाख ४२ हजार ५ सय रुपैयाँ रहेको छ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा १ सय २६ खेलाडीको सहभागिता रहने छ । बैशाख १८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.