लेख विवरण

सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइजले जित्यो

सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइजले जित्यो

बारा । सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ।

शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो । 

बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर पारे । जुन गोल नै चर्चलाई सिमरा गोल्डकपमा प्रवेश गरेको पहिलो पटक नै उपाधी जीतका लागि काफी भयो । 

उता, सो खेलको छैटौँ मिनेटमा नै हिमालयन शेर्पा दश खेलाडीमा सिमित हुन परेको थियो । शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर दिनेश उराव रातो कार्ड पाएर बाहिरिएका थिए । खेलको सुरुवाती देखी नै १० खेलाडी सिमित हिमालय शेर्पा उपाधी जीत्न नसकेर दोस्रो हुनु परेको छ । 

उपाधिसँगै चर्च ब्वाइजले दश लाख नगद र उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। विधागत पुरस्कारतर्फ पनि जितपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्बाईजकै वर्चस्व रह्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ, उत्कृष्ट गोलरक्षक चर्चका प्रिसो, डिफेण्डर फ्र्यांकलिन टाला, मिड फिल्डर सुवास गुरुङ र सर्वोत्कृष्ट प्रशिक्षकको उपाधी प्रदीप हुमागाईंले पाउन सफल भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.