लेख विवरण

सिरी ए : युभेन्ट्सद्धारा सासुओलो पराजित

सिरी ए : युभेन्ट्सद्धारा सासुओलो पराजित

काठमाडौं । एक गोलले पछि परेको स्थिति उल्टाउदै युभेन्ट्सले इटालियन सिरी ए मा पुनरागमन जित निकालेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई २-१ अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउन बलियो सम्भावना बनाएको हो ।

खेलको ३८औँ मिनेटमा जिआकोमो रास्पाडोरीले गोल गर्दै घरेलु टोली आसुओलोलाई अग्रता दिलाए । तर, अर्जेन्टिनी स्टार पाउलो डेबलाले ४५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेल सकिन दुई मिनेट बाँकी रहदा मोइसे केइनले गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

जितसँगै युभेन्ट्सले ३४ खेलबाट ६६ अंक बनाएर चौथो स्थानमा रहेको छ । सासुओलो ४६ अंकसहित दशौ स्थानमा छ ।

सिरीको शीर्ष स्थानमा एसी मिलान रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.