लेख विवरण

सिरी ए : रोमाले हेलास भेरोनालाई पराजित गर्यो

सिरी ए : रोमाले हेलास भेरोनालाई पराजित गर्यो

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा रोमाले हेलास भेरोनालाई ३-१ अन्तरले पराजित गरेको छ ।

घरेलु टोली भेरोना १० खेलाडीमा सिमित भएपछि सुरुआती अग्रता समेत जोगाउन सकेन । भ्रमणकारी टोली रोमाले पुनरामगन जित निकाल्यो ।

रोमाको जितमा निकोलो जानिओलो, क्रिस्टिअन भोल्पाटो र स्टेफन एल सारवीले एक एक गोल गरे । यस अघि भेरोनाका पावेलले २६औ मिनेटमा अग्रता लिएका थिए । तर, ३६औं मिनेटमै पावेल रातो कार्ड सामना गर्दै मैदान छाड्न बाध्य भएका थिए ।

जितसँगै रोमा १२ खेलबाट २५ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । भेरोना रेलिगेशन क्षेत्रमा छ । समान १२ खेलबाट ३२ अंक जोडेको नापोली शीर्षस्थानमा छ ।

यस्तै, राति नै भएको खेलमा बोलोग्नाले मोन्जालाई २ १ अन्तरले पराजित गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.