लेख विवरण

सिरी ए : रोमा फ्लोरेन्टिनासँग पराजित

सिरी ए : रोमा फ्लोरेन्टिनासँग पराजित

काठमाडौं । इटालीयन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा रोमा पराजित भएको छ । शीर्ष चारको लागि प्रतिस्पर्धा गरिरहेको रोमालाई फ्लोरेन्टिनाले २-० ले पराजित गरेको हो ।

घरेलु टोली फ्लोरेन्टिनालाई जिताउन निकोलास गोन्जालेज र जियाकोमो बोनोभेनटुराले १-१ गोल गरे ।

हारसँगै जोसे माउरिन्होको रोमाले पाँचौ स्थानमा पुग्ने अवसर गुमाएको छ । रोमा ३६ खेलबाट ५९ अंकसहित पाँचौ स्थानमा छ । फ्लोरेन्टिना समान अंक सहित छैटौं स्थानमा छ ।

जारी लिगमा एसी मिलान शीर्ष स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.