लेख विवरण

सिरी ‘ए’ : इन्टर मिलान शीर्षस्थानमा उक्लियो

सिरी ‘ए’ : इन्टर मिलान शीर्षस्थानमा उक्लियो

काठमाडौं । रोमालाई ३-१ अन्तरले पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा इन्टरको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिक र लाउटारो मार्टिनेजले १-१ गोल गरे । रोमाका हेनरिक मिखटरयानले सान्त्वना गोल गरे ।

जितसँगै इन्टरले सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई पछि पारेको छ । लिगको अन्तिम तिर आइपुग्दा शीर्ष टोलीबिच खासै अंक अन्तर धेरै नहुँदा उपाधि झनै रोमाञ्चक बनेको छ ।

जितपछि इन्टरको ३३ खेलबाट ७२ अंक छ । समान खेलबाट एसी मिलानको ७१ अंक छ । लिगमा पाँच राउन्डको खेल बाँकी रहँदा रोमा ५८ अंकसहित पाँचौ स्थानमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.