लेख विवरण

सीसीआरसी र जेभियरलाई उपाधि

सीसीआरसी र जेभियरलाई उपाधि

काठमाडौंँ । सीसीआरसी र जेभियरले छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको उपाधि सोमबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा जेभियर गर्ल्समा च्याम्पियन बने ।

सीसीआरसीले हिमालयन ह्वाइटहाउसलाई ६१–४६ ले पराजित ग¥यो । सीसीआरसीका समिप खत्रीले ३२ अंक जोडे । गर्ल्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई २४–१७ ले हरायो । जेभियरकी श्रृष्टि राईले १० अंक जोडिन् ।

ब्वाइजमा सीसीआरसी समिप र गर्ल्समा जेभियरकी कृति चौधरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव समेत रहेका हिसानका अध्यक्ष रमेश सिलवाल, हिसानका उपाध्यक्ष हरि लामिछाने, केन्द्रीय सह–कोषाध्यक्ष नरेन्द्र अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

बास्केटबलको प्रतिस्पर्धासँगै खेलकुद सप्ताह सम्पन्न भएको छ । खेलकुद सप्ताहमा बास्केटबलसहित भलिबल, फुटसल र टग अफ वारमा प्रतिस्पर्धा भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.