लेख विवरण

सीसीआरसी र नवोदित सेमिफाइनलमा

सीसीआरसी र नवोदित सेमिफाइनलमा

काठमाडौंँ । सीसीआरसी र नवोदित छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सीसीआरसीले ओमेगालाई ५५–२९ ले पराजित ग¥यो । सीसीआरसीको जितमा समिप खत्रीले १६ अंक योगदान गरे । लक्ष्मण गुरुङको १८ अंक सहयोगमा नवोदितले जेभियरलाई ४५–३४ ले हरायो ।

त्यस्तै ह्वाइटहाउस र गोल्डेनगेट पनि सेमिफाइनल पुगेका छन । ह्वाइटहाउसले जय मल्टिपल कलेजमाथि ३३–५ को सहज जित दर्ता ग¥यो । ह्वाइटहाउसका सन्तोष रायमाझीले १२ स्कोर गरे । टाइम्स विरुद्धको खेलमा गोल्डेनगेट ३७–३२ ले विजयी भयो । विजेताका उर्गेन लामाले २१ अंक जोडे ।

सेमिफाइनलमा गोल्डेनगेटको भेट ह्वाइटहाउससंग हुनेछ भने नवोदितले सीसीआरसी विरुद्ध प्रतिस्पर्धा गर्नेछ । गर्ल्सको सेमिफाइनलमा जेभियरले ह्वाइटहाउस तथा साइपालले रिलायन्सको सामना गर्ने छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.