लेख विवरण

सुटिङका प्रदीप र अन्जुलाई जुरी लाइसेन्स

सुटिङका प्रदीप र अन्जुलाई जुरी लाइसेन्स

काठमाडौं । सुटिङका प्रदीप खाती र अन्जु दवाडीले जुरी लाइसेन्स प्राप्त गरेका छन् । दुवैले राइफल, पेस्तोल र टार्गेट कन्ट्रलको लाइसेन्स प्राप्त गरेको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।

कुवेतमा भएको जुरी कोर्समा उत्तीर्ण भएपछि दुवैले तीन विधाको लाइसेन्स र आईडी कार्ड प्राप्त गरेका हुन् । अध्यक्ष श्रेष्ठको उपस्थितिमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लाइसेन्स तथा महासचिव नीलेन्द्रराज श्रेष्ठले उनीहरुलाई एक कार्यक्रमबीच लाइसेन्स र आईडी कार्ड हस्तान्तरण गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.