सुनसरी जिल्ला क्रिकेट संघद्धारा खेलाडीहरुलाई 'मोटिभेसनल क्लास'
इटहरी । सुनसरी जिल्ला क्रिकेट संघले महिला क्रिकेट खेलाडीहरुलाई मोटिभेसनल क्लास प्रदान गरेको छ । संघले इटहरीमा एक कार्यक्रमको आयोजना गर्दे प्रधानीमन्त्री कप महिला राष्ट्रिय टि २० प्रतियोगितामा सहभागि भएका टोलीका खेलाडी प्रशिक्षक तथा ब्यवस्थापकलाई मोटिभेसनल क्लास दिएको हो । कार्यक्रममा सात वटै प्रदेश तथा बिभागिय टोली एपिएफ क्लबका खेलाडी प्रशिक्षक तथा ब्यवस्थापकले सहभागिता जनाएका थिए ।
दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेल र प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका संयोजक बिप्लव घोषको उपस्थिती रहेको थियो । खेलाडीहरुलाई मोटिभेसनल स्पिकर वसन्त अधिकारीले विभिन्न विषयमा स्पिच दिएका थिए । करिब ४५ मिनेट सम्म चलेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानीमन्त्री कप महिला राष्ट्रिय टि २० प्रतियोगिताका संयोजक बिप्लव घोषले थोरै समयमा धेरै खेलाडीहरुलाई एकै पटक बिभिन्न बिषयमा मोटिभेसन गराउन पाएको खुशी ब्यक्त गरे । उनले यस्ता खालका कार्यक्रमहरु बिभिन्न जिल्ला तथा प्रदेश क्रिकेट संघले पनि आयोजना गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले यो कार्यक्रमलाई जिल्ला क्रिकेट संघको एउटा कोशेलीको रुपमा ग्रहण गरिदन सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई आग्रह गरे । उनले यो क्लासबाट पाएको शिक्षाले पक्कै पनि खेलाडीहरुको खेलमा सुधार हुने र परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे । उनले जारी प्रतियोगिताका कारण सुनसरीमा पनि महिला खेलाडीहरु उत्पादन हुनेमा विश्वस्त रहेको बताए ।
नेपाली क्रिकेट टोलीकी उप कप्तान तथा एपिएफकी कप्तान सिता राना मगरले यस्ता कार्यक्रमहरुले खेलाडीहरुको आत्मविश्वास बलियो बनाउने तथा क्रिकेट खेलप्रती खेलाडीहरुले धारणा जहिले पनि सकारात्मक हुने बताइन । उनले अगामी दिनमा पनि नयाँ तथा पुराना खेलाडीहरुलाई यस्ता किसिमका कार्यक्रमहरुको आवश्कता रहेको आफुलाई महशुस भएको बताइन ।

टिप्पणी लेख्नुहोस्