लेख विवरण

सुनिल नारायण अबुधाबी नाइट राइडर्सको कप्तानमा नियुक्त

सुनिल नारायण अबुधाबी नाइट राइडर्सको कप्तानमा नियुक्त

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायण युएईमा हुने आईएल टी–२० का लागि अबु धाबी नाइट राइडर्सको कप्तानमा नियुक्त भएका छन् ।

फ्रेन्चाइजीले जारी गरेको आधिकारिक विज्ञप्तिमा नारायणले भने, ‘अबु धाबी नाइट राइडर्स टोलीको कप्तान बन्न पाउँदा म निकै खुशी छु । मेरो लागि यो नयाँ चुनौती हो किनभने अब मैले आफ्नो खेल वा मेरो चार ओभरको सट्टा सम्पूर्ण टोलीको बारेमा सोच्नुपर्छ।'

नारायणले क्यारेबियन प्रिमियर लिगमा त्रिनबागो नाइट राइडर्सको पनि प्रतिनिधित्व गरेका थिए। उनले भने, ‘म नाइट राइडर्समा गएको छु । यो एउटा परिवार जस्तै हो, जहाँ पनि म नाइट राइडर्सको टोली हो ।'

उनले भने, ‘मैले युएईमा धेरै क्रिकेट खेलेको छु, त्यहाँको अवस्था राम्ररी बुझेको छु । अबु धाबी नाइट राइडर्सको संरचना हेर्नुभयो भने, यो परिचित संरचना हो, याहाँ नयाँ केही छैन। यसले मलाई आत्मविश्वास दिन्छ ।'

अबुधाबी नाइट राइडर्सले जनवरी १२ मा दुबई क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दै प्रतियोगितामा आफ्नो सुरुवात गर्नेछ ।

३४ वर्षीय नारायणले वेस्ट इन्डिजका लागि हालसम्म ६ टेस्ट, ६५ एकदिवसीय र ५१ टी–२० खेलेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ब्याटबाट खासै रन बनाउन सकेका छैनन् तर तीनवटै फर्म्याटमा उनले क्रमशः २१, ९२ र ५२ विकेट लिएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.