लेख विवरण

सुमन एक्टिभको ब्रान्ड एम्बासडर

सुमन एक्टिभको ब्रान्ड एम्बासडर

काठमाडौं । बसुन्धारास्थित एक्टिभ एकेडेमीले कराते खेलाडी सुमन तिमल्सिनालाई सोमबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । एक्टिभका अध्यक्ष प्रा.डा. गोपीलाल न्यौपाने र प्रिन्सिपल लक्ष्मण घिमिरेले सुमनलाई एक कार्यक्रमबीच नियुक्ति पत्र प्रदान गरे ।

अध्यक्ष न्यौपानेले कराते खेल मार्फत राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीसंग जोडिन पाउँदा खुशी लागेको बताउदै एकेडेमीको खेलकुदलाई प्रवद्र्धन गर्न सुमनले विशेष योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

सुमनले ब्रान्ड एम्बासडरमा नियुक्त गरेकोमा एक्टिभ परिवारलाई धन्यवाद दिदै एक्टिभलाई खेलकुदमा अझ चलायमान बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । सुमनले एक्टिभमा खेलाडीलाई छात्रवृत्ति र विशेष छुटमा अध्ययनका लागि पहल गर्ने बताए ।

सुमनले बंगालदेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण तथा टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ कातामा स्वर्ण जितेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.