लेख विवरण

सुस्मा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा छनोट

सुस्मा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा छनोट

काठमाडौं । हालै थाइल्यान्डमा सम्पन्न एएसबीसी एसियन यू–२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिप अन्तर्गत महिला ४८ केजी तौल समूहमा रजत जित्न सफल नेपालकी बक्सर सुस्मा तामाङ वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट भएकी छन ।

नेपाल बक्सिङ सङ्घले एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत जित्न सफल सुस्मालाई सोझै वर्ल्ड च्याम्पियनसिप खेल्ने मौका दिएको हो । वर्ल्ड च्याम्पियनसिप भारतको नयाँ दिल्लीमा मार्च १३ देखि २७ तारिखसम्म हुनेछ ।

सङ्घले च्याम्पियनसिपका लागि अन्य तौल समूहको भने माघ २४ देखि २६ गतेसम्म छनोट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । सङ्घका अनुसार छनोट खेल महिला ४८ केजी, ५० केजी, ५२ केजी, ५४ केजी, ५७ केजी, ६० केजी र ७५ केजीमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.