लेख विवरण

सेन्टिकलाई हराउदै मड्रिड शीर्षस्थानमा

सेन्टिकलाई हराउदै मड्रिड शीर्षस्थानमा

काठमाडौ । सेन्टिकलाई ५-१ अन्तरले हराउँदै रियल मड्रिडले समूह एफ मा शीर्ष स्थान पक्का गरेको छ ।

बुधबार रातिको जितसँगै रियल १३ अंक सहित शीर्षस्थानमा रहेको हो । १२ अंक बनाएको आरबी लाइपजिक दोस्रो स्थानमा रह्यो ।

तेस्रो स्थानको सख्तर डोनेस्कको ६ र चौथो स्थानको सेल्टिकले दुई अंक मात्र जोड्यो । सख्तर र सेल्टिक समूह चरणबाट माथि बढ्न असफल भएका छन् ।

घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिक, रोड्रिगो, मार्को एसेन्सियो, भिनिसियस जुनिअर र फेडेरिको भाल्भल्डेले समान एक-एक गोल गरेका थिए । सेल्टिकको लागि जोटाले एक गोल फर्काएका हुन् ।

राति नै भएको खेलमा लाइपजिकले सख्तर डोनेस्कलाई ४ ० ले निराश पार्यो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.