सेन्ट्रल ओपन गल्फमा राईको अग्रता
काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको पहिलो दिन सुक्रबहादुर राईले अग्रता लिएका छन । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा सुक्रले पाँच अन्डर ६७ खेले ।
दोस्रो स्थानमा रहेका रामे मगरको तीन अन्डर ६९ स्कोर छ । चौथो स्थानमा रहनु भएका घरेलु प्रो भुवन नगरकोटी र १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी सुवास तामाङको समान दुई अन्डर ७० स्कोर छ । सुवास एमेच्योरतर्फ शीर्षस्थानमा छन ।
चारदिने प्रतियोगितामा ३९ प्रोफेसनल र १९ जना एमेच्योरको सहभागिता रहेको छ । कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको प्रोतर्फको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रपियाँ पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योरलाई ट्रफी प्रदान गरिने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्