लेख विवरण

सेहज र देबशिषको जोडी विजेता

सेहज र देबशिषको जोडी विजेता

काठमाडौं । भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडी आईटीएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा सेहज र देबशिषको जोडीले नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीलाई ६–१ र ७–६(३) को सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्स फाइनलमा बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले मंगोलियका दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभको जोडीबाट वाक ओभर पाउदै पहिलो भए । दुवै डबल्समा उपविजेता बनेका जोडी सर्किट– १ का विजेता हुन् ।

ब्वाइज सिंगल्समा चीनका वेन्बो बाइले भारतका सेहजलाई ०–६, ६–२ र ६–३ तथा भारतका प्रत्यशले भारतकै सर्किट– १ का विजेता देबशिषलाई ७–५ र ६–० ले हराउदै फाइनल भेट पक्का गरे । गर्ल्स सिंगल्समा चीनकी झाङ क्विन वेइले मंगोलियाकी सर्किट– १ विजेता मार्तालाई ६–० र ६–१ तथा मंगोलियाकी मराल्गुले बेल्जियमकी क्यामिलीलाई ६–२ र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.