लेख विवरण

सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रोशन र अमिरलाई स्वर्ण

सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रोशन र अमिरलाई स्वर्ण

काठमाडौं । रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

दुबइमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए ।

पुरुष ८४ केजीमुनि फाइनलमा अमिरले आयोजकलाई नै ८–० ले पाखा लगाए । स्वर्ण भिडन्त अघि अमिरले भारतीय खेलाडीलाई पन्छाएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.