स्कालोनी विश्वकप २०२६ सम्म अर्जेन्टिनाको प्रशिक्षक रहने
काठमाडौं । लियोनेल स्कालोनी सन् २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक रहने भएका छन। अर्जेन्टिना फुटबल महासंघका अध्यक्ष चिकी तापियाले कतार विश्वकप अघि राष्ट्रिय टोलीले अन्तिम अभ्यास खेलमा जमैकालाई ३–० ले पराजित गरेपछि उक्त घोषणा गरेका हुन् । 'हामी राष्ट्रिय टोलीका लागि समग्र योजनाहरूमा शर्त जारी राख्नेछौं,' तापियाले भने।
सन् २०१८ विश्वकपको प्रि(क्वार्टरफाइनलमा फ्रान्ससँग अर्जेन्टिना पराजित भएपछि जर्ज साम्पाओलीको स्थानमा स्कालोनीले आएका थिए। अर्जेन्टिनाले गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको थियो, सन् १९९३ कोपा अमेरिकापछिको यो पहिलो ठूलो उपाधि हो। सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिना ३५ खेलमा अपराजित छ।

टिप्पणी लेख्नुहोस्