लेख विवरण

स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुललाई

स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुललाई

काठमाडौं । चौथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ।

ललितपुरस्थित भनिमन्डलमा बुधबार भएको प्रतियोगिताको फाइनलमा डीएभीले मोडर्न इन्डियन स्कुललाई पाँच विकेटले हरायो । मोडर्न इन्डियनले दिएको १०६ रनको लक्ष्य डीएभीले दुई बल बाँकी छँदा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

डीएभीको जितमा आयुष झाले अविजित ४२ रन बनाए । आदर्श अग्रवालले २५ रन बनाए । मोर्डन इन्डियनका मृत्युन्जय पलले ४९ रन बनाए पनि टोलीको हार टरेन ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोडर्न इन्डियन स्कुलका आयुष जैसवाल घोषित भए । उत्कृष्ट ब्याट्सम्यान इन्डियन स्कुलकै मृत्युन्जय पल तथा उत्कृष्ट बलर डीएभीका आयुष जैसवाल भए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.