लेख विवरण

स्पेनमा फुटबल प्रशिक्षण गरेर फर्केका रोहितलाई ओल्ड ट्राफोर्डमा मौका

स्पेनमा फुटबल प्रशिक्षण गरेर फर्केका रोहितलाई ओल्ड ट्राफोर्डमा मौका

काठमाडौं । नेपालको अग्रणी शैक्षिक संस्थाहरु मध्ये एक स्वस्तिश्री गुरुकुल आइ.बी वर्ल्ड स्कुलका २० विद्यार्थीहरु स्पेनमा १० दिने विशेष फुटबल प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएका छन् । हल्यान्ड फुटबल युनिभर्सिटी द्वारा आयोजित प्रशिक्षण कार्यक्रम बैशाख १ देखि १० सम्म संचालन भएको थियो । तालिम सँगै मैत्रीपुर्ण खेल पनि खेलाइएको थियो । स्पेनमा बिद्यार्थीहरुले ला-लिगा अन्तर्गत रियल म्याड्रिड र सेल्टा भिगो बिचको खेल हेर्ने अवसर समेत पाएका थिए ।

प्रशिक्षण कार्यक्रममा उत्कृस्ट ठहरिएका २ खेलाडी सम्वृद्ध बोहोरा र इक्क्षाहाङ लिम्बुले स्पेनिस बि. डिभिजन एकडेमीमा तालिमको अवसर प्राप्त गरेका छन् ।

स्वस्तिश्री आईबी वर्ल्ड स्कुलको टोलीसँग स्पेनमा प्रशिक्षण गरेर फर्केका खेलाडी रोहित श्रेष्ठले ओल्ड ट्राफोर्डमा फुटबल प्रशिक्षण गर्ने मौका पाएका छन् । म्यानचेस्टर युनाइटेडसँगको सहकार्यमा युनाइटेड वी.प्ले ३.० अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुईदिने भएको कार्यक्रमबाट रोहित छनोट भएका हुन् ।

स्पेन भ्रमण टोलीको जिम्मेवारी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान साथै स्वस्तिश्री गुरुकुलका फुटबल एम्बासेडर अनिल गुरुङ र फुटबल कोच पुष्प बिस्ट 'ज्वाला' ले सम्हालेका थिए।

स्वस्तिश्री गुरुकुल र हल्यान्ड फुटबल युनिभर्सिटीबीच १ बर्ष अघि एमओयु गरे पश्चात लगातार रुपमा हरेक वर्ष विभिन्न देशरुमा तालिम संचालन हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.