स्पेनिस ला लिगा : एट्लेटिको लिभान्तेसँग पराजित
एजेन्सी । साविक विजेता एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगामा पुछारमा रहेको लिभान्तेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिको लिभान्तेसँग १–० गोलले पराजित भयो ।
प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोलाई हराउन लिभान्तेका गोन्जालो मेलेरोले निर्णायक गोल गरे । मेलेरोले ५४औं मिनेटमा जर्ग डि फ्रुटोसको पासमा गोल गरेका थिए । ५४ प्रतिशत बल पोसेसन राख्दै १० वटा पोस्ट् प्रहार गरेको एट्लेटिको अन्ततः हार खेप्न बाध्य भयो ।
हारसँगै एट्लेटिकोले शीर्ष चारमा उक्लने मौका समेत गुमायो । पाँचौँ स्थानमा रहेको एट्लेटिको २४ खेलबाट ३९ अंक पुगेको छ । एक खेल कम खेल्दै समान ३९ अंक बनाएको बार्सिलोला गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।
एट्लेटिकोलाई हराएपनि १४ अंक बनाएको लिभान्ते तालिकाको अन्तिम स्थानमा यथावत छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ५० र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४३ अंक छ ।

टिप्पणी लेख्नुहोस्