स्पेनिस ला लिगा : औवामियाङको दुई गोलमा बार्सिलोनाको जित
काठमाडौं । पिएरे इमरिक औवामियाङको दुई गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलबार राति सेल्टा भिगोलाई ३(१ ले पराजित गरेको छ ।
घरेली मैदान नोउ क्याम्प क्याटलान क्लब बार्सिलोनाको जितमा औवामियाङले दुई गोल गर्दा मेम्फिस डिपाएले एक गोल गरे । सेल्टाको लागि लागो आस्पासले सान्त्वना गोल फर्काए ।
जितसँगै बार्सिलोनाको ३६ खेलबाट ७१ अंकसहित दोस्रो स्थानमा छ । पराजित सेल्टा ४३ अंक जोडेर ११औँ स्थानमा छ ।
ला लिगाको च्याम्पियन भने रियल म्याड्रिड बनिसकेको छ । बार्सिलोनाको दोस्रो स्थानमा रहेर लिग टुंगाउने सम्भावना उच्च छ ।

टिप्पणी लेख्नुहोस्