लेख विवरण

स्पेनिस ला लिगा : रियल मड्रिडले काडिजलाई हरायो

स्पेनिस ला लिगा : रियल मड्रिडले काडिजलाई हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा रियल मड्रिडले काडिजलाई २-१ अन्तरले पराजित गरेको छ । 

घरेलु मैदानमा प्राप्त जितसँगै विश्वकप अघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंक सहित शीर्षस्थानमा छ । रियल ३५ अंक सहित दोस्रो स्थानमा रहेको छ । 

रियलको जितमा इडर मिलिटाओ र टोनी क्रुसले एक एक गोल गरे । काडिजका लुकास पेरेजले एक गोल फर्काएका थिए । खेलसँगै काडिज रेलिगेशन क्षेत्रबाट माथि उठ्न सकेन । 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.