हक्की विश्वकप : रोमाञ्चक खेलमा नेदरल्याण्ड्सले अष्ट्रेलियालाई हरायो
काठमाडौंँ । भारतमा जारी हक्की विश्वकपमा नेदरल्याण्ड्सले अस्ट्रेलियालाई ३–१ ले पराजित गरेको छ । जितसँगै नेदरल्यान्ड्स प्रतियोगितामा तेस्रो भएको छ ।नेदरल्यान्ड्ससँग पराजित भएपछि अष्ट्रेलियाले चौथो टोलीको रुपमा प्रतियोगितामा आफ्नो यात्रा समाप्त गरेको छ ।
हक्की विश्वकप २०२३ को फाइनल खेल बेल्जियम र जर्मनीबीच हुनेछ । जर्मनीले सेमिफाइनलमा अष्ट्रेलियालाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । बेल्जियमले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

टिप्पणी लेख्नुहोस्