लेख विवरण

हङकङसंग हुने भनिएको खेल बर्षाका कारण रद्ध भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो

हङकङसंग हुने भनिएको खेल बर्षाका कारण रद्ध भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौंँ । अन्तिम समयमा आएर नेपाल र हङकङ बिच हुने भनिएको खेल रद्ध हुन पुगेको छ । 

एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।

जसकाकारणा आज पनि वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडन बिवश भएका थिए । साथै, समान अंक बाँडेका दुवै टोली एकैपटक प्रतियोगितावाट बाहिरिएका छन् ।

आज खेल रद्ध भएसँगै सो समुहवाट तेस्रो स्थानमा रहँदै नेपाल बाहिरिएको हो भने नेपालसँग खेल रद्ध भए पछि हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने बर्षाको कारण खेल रद्ध भए पछि भारतसँग अंक बाँड्नु परेको थियो । नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ । 

सो समुहका भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.