लेख विवरण

हल्यान्डको गोलमा म्यानचेस्टर सिटीको दोस्रो जित

हल्यान्डको गोलमा म्यानचेस्टर सिटीको दोस्रो जित

काठमाडौं । पूर्वक्लबविरुद्ध एर्लिन हल्यान्डले गोल गरेपछि म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।

जर्मन प्रतिद्वन्द्वी डर्टमन्डविरुद्ध हल्यान्डसँगै जोन स्टोनेसले एक गोल गरेपछि सिटी २(१ ले विजयी भएको हो । यसअघि डर्टमन्टका जड बेलिङघम गोल गर्दै अग्रता बनाएका थिए ।

लगातार दोस्रो जितसँगै सिटी समूह ‘जी’को शीर्ष स्थानमा छ । दुई खेलबाट डर्टमन्डको तीन अंक छ । अर्को खेलमा सेभिया र कोभेन्हाम्ले गोलरहित बराबरी खेले ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.