हाइजम्पमा खत्री र सिंजालीलाई स्वर्ण
पोखरा । एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्य बहादुर खत्रीले स्वर्ण पदक जितेका छन। खत्रीले १.९० मिटरको उचाई नाघेर स्वर्ण जितेका हुन् । यसैगरी बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई नाघेर रजित तथा तथा नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटरनै उचाई नाघेर काँस्य जित्न सफल भए।
्यसैगरी महिला हाइजम्पमा नेपाली सेनाकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितिन्। सिंजाली मगरले १.५२ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन्। सेनाकै विन्दु थनेतले १.५० मिटर जम्प गर्दै रजत तथा गण्डकीकी सीमा श्रेष्ठले १.४२ मिटर जम्प गर्दै कास्य पदक जित्न सफल भइन्।

टिप्पणी लेख्नुहोस्