हामीले गल्ती गर्यौं, जसकारण अब हामी दबाबमा छौं : बटलर
काठमाडौं । इंग्ल्याण्डका कप्तान जोस बटलरले आफ्नो टोलीले आयरल्यान्डविरुद्धको खेलमा गल्ती गरेको स्वीकार गरेका छन् । बिहीबार वर्षाले प्रभावित खेलमा आयरल्यान्डसँग डकवर्थ लुइस पद्धतिमा इङ्ल्यान्ड पाँच रनले पराजित भएको छ । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
अब समूहमा आयरल्यान्ड, श्रीलंका, इंग्ल्याण्ड र अष्ट्रेलियाको दुई–दुई अंक भएपछि शीर्ष दुई स्थानका लागि प्रतिस्पर्धा बढेको छ ।
खेलपछि बटलरले भने, ‘मलाई लाग्छ हामीले पहिलो १० ओभरमा खराब खेल्यौं र बिपक्षी टोलीलाई हावी हुने मौका दियौं। हामीले आफ्नो खेलमा निरन्तरता कायम राख्न सकेनौं र उनीहरूलाई क्रिजको दुवै तर्फबाट रन बनाउने मौका दियौं। बाँकी १० ओभर धेरै राम्रो भएको थिए।
उनले भने, ‘आयरल्याण्डले उत्कृष्ट खेल खेलेको छ । हामीलाई थाहा छ हामीले गल्ती गर्यौं र आफूमाथि थप दबाब दियौं। अब अगाडि बढ्नको लागि खेलमा धेरै राम्रो गर्न आवश्यक छ ।
आयरल्यान्डका कप्तान एन्डी बालबर्नी आफ्नो टोलीले उपाधि दावेदारलाई पराजित गरेकोमा खुसी ब्यक्त गरे।
ूहामी सात विकेट गुमाउँदा निराश थियौं, तर उपाधि दाबेदार टोली विरुद्ध जित दर्ता गर्न पाउनु राम्रो भयो । दर्शकको पनि राम्रो साथ पायौं ।

टिप्पणी लेख्नुहोस्