लेख विवरण

हेटौडामा अन्तर विद्यालय टी-२० क्रिकेट प्रतियोगिता हुदै

हेटौडामा अन्तर विद्यालय टी-२० क्रिकेट प्रतियोगिता हुदै

काठमाडौं । मकवानपुर क्रिकेट संघको आयोजनामा हेटौडामा बिहीवार देखी जिल्ला स्तरीय अन्तर विद्यालय टी-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । मकवानपुर क्रिकेट संघका पूर्व कप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतीमा हुने प्रतियोगिता हेटौडा हुप्रा चौरमा हुनेछ ।

प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएको मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव विनोद कुमार बानियाँले जनाएका छन । सहभागिता जनाउने टोलीहरु हेटौडा उपमहानगरपालिकाको रहेको बानियाँले बताए । हरेक दिन दुई खेल आयोजना हुने प्रतियोगिता पहिलो खेल बिहान ९ बजे र दोस्रो दिउसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगिताको फाइनल मंसीर १ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उप विजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा करिब ३ लाख खर्च हुने आयोजकले जनाएको छ ।

May be an image of 1 person

May be an image of 1 person and text

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.