लेख विवरण

हेटौडामा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको छनोट सुरु

हेटौडामा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको छनोट सुरु

हेटौडा । नेपाल क्रिकेट संघको आयोजनामा कार्तिकमा हुने प्रधानमन्त्री कप एकदिवशिय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको लागि मकवानपुरको जिल्लाको छनोट शुरु भएको छ । हेटौडाको हुप्र चौरमा आज (बिहीवार) सुरु भएको छनोट कार्यक्रममा जिल्ला भरिका २४ खेलाडीको सहभागिता जनाएका छन ।

सहभागि मध्येबाट उत्कृष्ट १४ ले यसै महिनाको अन्तिम साता काठमाडौं हुने प्रदेश स्तरिय छनौट खेलमा सहभागिता जनाउने मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठले बताएका छन ।

No description available.

छनौट कार्यक्रमको उद्घाटन गर्दै हेटौडा उपमहानगरपालिकाका मेयर मिना लामाले क्रिकेट लाई राम्रो सँग समेट्न नसकिएको स्वीकार्दै यस खेलको मैदान निर्माणमा उपमहानगरले पूर्णरुपमा सहयोग गर्ने बताइन । उनले मकवानपुर जिल्ला क्रिकेटलाई अगाडी बढाउन हर सम्भव सम्म प्रयास गर्ने बताइन ।

No description available.

मकवानपुर जिल्ला क्रिकेट संघले हेटौडाको गौरिटार रंगशालामा क्रिकेट मैदान निर्माणको प्रकृया अघि बढाएको छ । गत वर्ष सम्पन्न बागमती प्रदेश खेलकुद प्रतियोगितामा पुरुष क्रिकेट तर्फ मकवानपुरले स्वर्ण पदक प्राप्त गर्न सफल भएको थियो ।

संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य करन महत्रा क्षेत्री लगाएतकाको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.