लेख विवरण

हेमराज स्मृति कप जुम्लालाई

हेमराज स्मृति कप जुम्लालाई

मुगु। मुगु जिल्लामा पहिलो पटक ठुलो राशी पुरस्कारको हेमराज स्मृति कप जुम्लाले हात पारेको छ । 

गत चैत २९ गते बाट शुरु भएको हेमराज स्मृति कप फुटबल मुगुको टिम रेडपाण्डा फुटबल क्लवलाई हराउदै जुम्लाको जिल्ला फुटबल क्लवले जीत हासिल गरेको हो  ।

जीतसँगै जुम्लाले एक लाख नगदसहित ट्रफि हात पारेको हो । आज बिहान भएको खेलमा जुम्लाले रेडपाण्डा फुटबल क्लवलाई १ का बिरुद्ध ३ गोल गर्दे जुम्ला जिल्ला फुटबल क्लवले पराजय गरेको हो ।

आज भएको फाईनल खेलमा १० औं मिनेटमा जुम्लाका अभिशेक बुढथापाले पहिलो गोल गर्दे जुम्लालाई अग्रता दिलाएका थिए भने खेलको २० औं मिनेटमा आफ्नो टिमलाई बलियो बनाउन जुम्लाका लागि दोस्रो गोल शेखर शाहीले गरे ।  पहिलो हाफको अन्तिममा ४५ औं मिनेटमा मुगुका लागि घरेलु टिम रेडपाण्डा क्लवले १ गोल गर्दे २–१ को स्थितिमा खेल फर्काउन सफल भए । 

दोस्रो हाफको अन्तिम ८६ औं मिनेटमा जुम्ला टिमका लागी तेस्रो र ब्यक्तिगत दोस्रो गोल गर्दे अभिशेक बुढथापाले आफ्नो टिम लाई जिताउन सफल भए ।

भामवाडा स्पोर्ट क्लवका अध्यक्ष गणेश सेजुवालका अनुसार एक हप्ता सम्म सञ्चालन भएको खेलमा जम्मा २८ टिमले सहभागिता जनाएका थिए ।  जसमध्ये उत्कृष्ठ गोल किप्पर जुम्लाका प्रवेशले पाएका छन् भने उत्कृष्ठ डिफेन्डर रेडपाण्डाका मदन शाही , उत्कृष्ठ स्ट्राईगर जुम्लाका अभिशेक बुढाथापा र खेल अवधि भर उत्कृष्ठ खेलाडी जुम्ला कै रुविन भण्डारी भएको अध्यक्ष सेजुवालले जानकारी गराए ।

प्रथम विजेता जुम्ला फुटबल टिमले प्रमाणपत्र ट्रफि सहित नगद १ लाख रूपैया पाएको छ भने दोश्रो घरेलु टिम रेडपाण्डा क्लवले नगद ३५ हजार सहित मेडल प्रमाण पत्र पाएको छ ।  
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.