लेख विवरण

ह्वीलचेयर बास्केटबलको उपाधि आर्मी र डब्लुडब्लुबिएलाई

ह्वीलचेयर बास्केटबलको उपाधि आर्मी र डब्लुडब्लुबिएलाई

काठमाडौं । इन्टरभ्याली ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलामा ओमेन ह्वीलचेयर बास्केटबल एसोसियसन (डब्लुडब्लुबिए)ले जितेको छ ।

राखेप कभर्डहल कोर्टमा बिहीबार भएको फाइनलमा आर्मीले जावलाखेल ह्वीलचेयर स्पोर्टस् क्लबलाई ४४(३३ अंकले हरायो । बुद्धिसरा इन एक्सन तेस्रो भयो । प्रतियोगितामा आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए ।

महिलाको फाइनलमा डब्लुडब्लुबिएले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनलाई १९(२ अंकले हरायो । महिलामा रनजी चामलिङ्ग राई मोस्ट भ्यालुएबल खेलाडी भइन् ।

ह्वीलचेयर स्पोर्टस् एसोसिएसन तेस्रो भयो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमशः ४० हजार, ३० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे । दुई दिने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलामा चार टोलीको सहभागिता रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.