लेख विवरण

३३ वर्षपछि नेपोली सिरी 'ए' च्याम्पियन

३३ वर्षपछि नेपोली सिरी 'ए' च्याम्पियन

काठमाडौं । नेपोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । 

उडिनेसँग बराबरी खेल खेल्दै नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा इटालिएन सिरीको यो उपाधि जितेको थियो ।

डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसले पहिलो हाफमा अग्रता लिएको थियो तर दोस्रो हाफको सुरुवाती अर्थात ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल फर्काउदै खेललाई बराबरीमा मात्रै ल्याएनन, नेपोलीलाई उपाधी जित्नका लागि निर्णायक गोलसमेत गरिदिए ।

नेपोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ ले पनि पछिल्लो तीन सिजनमा भने तीन फरक फरक टोली च्याम्पियन बनाएको छ । युभेन्ट्सले लगातार ९ सिजन सिरी ‘ए’ को उपाधि जितेको रेकर्ड कायम रहेको भए पनि त्यसपछिको यताका तीन सिजनमा भने इन्टर मिलान, एसी मिलान र नेपोली च्याम्पियन बनेको हो । 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.