लेख विवरण

‘हुम्ला गोल्ड कप’ वैशाखमा

‘हुम्ला गोल्ड कप’ वैशाखमा

काठमाडौं । हुम्ला फुटबल एकेडेमीको आयोजनामा आगामी वैशाख १५ देखी ‘हुम्ला गोल्ड कप’ आयोजना हुने भएको छ । गत बिहिबार एकेडेमीले पत्रकार सम्मेलनको आयोजना गर्दे प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

पछिल्लो समय हुम्लामा फुटबल खेलतर्फ युवा तथा विद्यार्थीहरुको सहभागिता बढदै गएपछि आफुले यो प्रतियोगिता आयोजना गर्न लागेको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए । उनले हुम्ला गोल्डकपमा जिल्ला भरिकै क्लवहरुको सहभागिता रहने जनाए ।

एकेडेमीका अध्यक्ष रावतले हुम्ला जिल्लामा उत्कृष्ठ खेलाडी उत्पादन गर्न, खेल क्षेत्रलाई प्रभावकारी बनाउन र जिल्लालाई फुटबलको माध्यमबाट चिनाउने उदेश्यका साथ आफुले हुम्ला फुटबल एकेडेमी स्थापना गरेको बताए । पत्रकार सम्मेलनमा उनले आर्थिक स्थिती सबल भएका स्थानीय तह, संघसंस्था तथा क्लवहरुबाट खासै सहयोग नपाएको भन्दै दुःख व्यक्त गरे । रावतले हुम्लालाई चिनाउनकै लागि रात दिन पनि नभनिकन खेलाडीहरुलाई फुटबल प्रशिक्षण गराई रहेको बताए ।


हुम्ला गोल्डकपमा जिल्ला बाहिर तथा भित्रका पुरूष टोलीले दर्ता गराउन मिल्ने आयोजकले जनाएको छ । टिम दर्ता आगामी फागुन दोस्रो हप्ताबाट सुरु हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँका साथै गोल्डकपको ट्रफि समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.