लेख विवरण

एसियाडका लागि रग्बी टोली घोषणा

एसियाडका लागि रग्बी टोली घोषणा

काठमाडौंँ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।

छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सविन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडु, विवेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ रहेका छन् । वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन् ।

एसियाडमा नेपालले रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । प्रतियोगिता असोज ६ गतेदेखि सुरु हुँदै छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.