लेख विवरण

एसीसी अन्डर–१६ ईस्ट जोन कप : हङकङले इन्डोनेसीयालाई हरायो

एसीसी अन्डर–१६ ईस्ट जोन कप : हङकङले इन्डोनेसीयालाई हरायो

काठमाडौंँ । मलेसियामा जारी एसीसी अन्डर–१६ ईस्ट जोन कप प्रतियोगितामा हङकङले इन्डोनेसीयालाई २ सय ९६ रनले पराजित गरेको छ । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो । टोलीका लागि कप्तान शिव माथुरले सतकीय पारी खेल्दै १ सय ४४ रन बनाएका थिए । माथुरले ७८ बलको समान गर्दै २१ चौंका र ६ छक्का प्रहार गरेका थिए । जवाफमा इन्डोनेसीयन टोली १८ ओभरमा अलआउट हुँदै ४१ बनाएको थियो । इन्डोनेसीयालाई कम स्कोरमा रोक्न हङकङका ह्यारी थोमसले ३ विकेट लिए । पार्थ श्रीवास्तव, अभिमन्यु अरगोर्न मुरली र आर्य पञ्जवानीले २–२ विकेट लिए । शायन पुरीले १ विकेट लिए ।

हङकङका लागि आरेज दारले अर्धसतक प्रहार गर्दै ७९ बलमा ८६ रन बनाए । म्याथ्यू जेम्स (२९), कासिम इकबाल (१५) र ह्यारी थोमसले (१०) रन बनाए । इन्डोनेसीयाका लागि मादे रामाले १० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल असार ७ गते थाइल्यान्डसँग खेल्नेछ। समूह ‘ए’ मा रहेको नेपालको समूहमा आयोजक मलेसिया र थाइल्याण्ड छन्। त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया रहेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.