लेख विवरण

आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा हसारंगाले बनाए विश्व कीर्तिमान

आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा हसारंगाले बनाए विश्व कीर्तिमान

काठमाडौंँ । श्रीलङ्काका स्पिनर वानिन्दु हसारंगाले एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । उनले पाकिस्तानका तीव्र गतिका बलर वकार युनिसको बराबरी गरेका छन् । हसारंगा लगातार तीन एकदिवसीय खेलमा पाँच विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । यो संगै उनले पाकिस्तानका पूर्व खेलाडी वकार युनिसको ३३ वर्ष पुरानो विश्व कीर्तिमानको बराबरी गरेका छन् ।

आइसीसी विश्वकप छनोटअन्तर्गत आइतबार आयरल्याण्डविरुद्धको खेलमा वानिन्दु हसारंगाले ७९ रन खर्चेर ६ विकेट लिएर विश्व कीर्तिमान बनाएका हुन् । यसअघि उनले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा २४ रन खर्चेर ६ विकेट लिएका थिए । ओमानविरुद्धको खेलमा हसारंगाले १२ रन खर्चेर ५ विकेट लिएका थिए । उनले लगातार तीन एकदिवसीय खेलमा ५ विकेट लिएका छन् । हसरंगा एकदिवसीय क्रिकेटको इतिहासमा लगातार ३ खेलमा ५ विकेट लिने विश्वका एक मात्र स्पिनर पनि बनेका छन् । उनले पछिल्लो ५ एकदिवसीय खेलमा २२ विकेट लिएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.