लेख विवरण

नेकोस गण्डकी प्रदेशले फुटसल प्रतियोगिता आयोजना गर्ने

नेकोस गण्डकी प्रदेशले फुटसल प्रतियोगिता आयोजना गर्ने

काठमाडौंँ । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी प्रदेशले मदन जयन्तीको अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ७२ औं मदन जयन्तीका अवसरमा नेकोस गण्डकीले नेकपा एमाले जनवर्गिय संगठनका विच फुटसल प्रतियोगिताको तयारी थालेको हो । असार १४ र १५ गते पोखरा २७ स्थित काइट स्पोर्टसमा उक्त प्रतियोगिता हुने छ।

प्रतियोगितामा नेकपा एमालेका विभिन्न २३ वटा जनवर्गिय संगठनहरु सहभागि हुने छन् । गण्डकी भूगोल भएका केन्द्रिय संगठनका पदाधिकारी सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारी सदस्यहरु, जिल्ला र पालिका तहका पदाधिकारी सदस्यहरु मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने छन।

प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद १५ हजार र उपविजेता टिमलाई नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई जनही नगद १ हजार ५ सयका साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिने छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.