आईसीसी विश्वकप छनोट : आयरल्यान्डले युएईलाई दियो ३ सय ५० रनको लक्ष्य
काठमाडौंँ । जिम्बाब्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आयरल्यान्डले युएईलाई ३ सय ५० रनको विशाल लक्ष्य दिएको छ । बुलावायोमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले पल स्टर्लिंगको सतकमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४९ रन बनायो । टोलीका लागि ओपनर स्टर्लिंगले १ सय ३४ बलमा १ सय ६२ रनको सतकीय पारी खेले । यस क्रममा उनले १५ चौंका र ८ छक्का प्रहार गरे । कप्तान एन्डी बालबर्नीले पनि अर्धसतकीय पारी खेल्दै ८८ बलमा ६६ रन बनाए । उनले ५ चौंका र १ छक्का प्रहार गरे । ह्यारी टेक्टरले ५७ रनको बनाउने क्रममा ४ चौंका र २ छक्का प्रहार गरे । उनले मात्र ३३ बलको सामना गरे । एन्डी म्याकब्राइनले २४ रन बनाउदा विकेट किपर लोर्कन टकर १९ र जर्ज डकरेल १५ रनमा अविजित रहे ।
युएईका लागि संचित शर्माले ३ तथा अली नसीरले १ विकेट लिए । ३ सय ५० रनको लक्ष्य पाएको युएईले अहिले ब्याटिङ गरिरहेको छ । यो समाचार बनाउदा सम्म युएईले 57 रन बनाएको छ ।

टिप्पणी लेख्नुहोस्