साफ च्याम्पियनसिप : नेपालले पाकिस्तानलाई हरायो
काठमाडौंँ । भारतमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाकिस्तानमाथि जित निकालेको छ । बेङ्लोरस्थित श्री कांतिराव स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हरायो ।
नेपालको जितमा आशिष् चौधरीले निर्णायक गोल गरे । उनले ८०औँ मिनेटमा लाकेन लिम्बुको पासमा गोल गर्दै नेपाललाई जिताए ।
आशिषको यो नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु हो । पाकिस्तानसँगको जितसँगै नेपालले साफमा सुखद अन्त्य गरेको छ । तीन खेलमा ती अङ्क बनाएको नेपाल समूहमा तेस्रो भयो । पाकिस्तान अङ्कबिहन बन्यो ।
नेपाल समूह ‘ए’ पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ र दोस्रो खेलमा साबिक विजेता भारतसँग २–० गोलले पराजित भएको थियो । यस समूहबाट कुवेत र भारतले अन्तिम चारमा स्थान बनाएको छ ।

टिप्पणी लेख्नुहोस्