एकदिवसीय इतिहासमा दोस्रो ठूलो जित : जिम्बाब्वेले अमेरिकालाई ३०४ रनले हरायो
काठमाडौंँ । आईसीसी विश्वकप २०२३ को छनोट चरणमा जिम्बाब्वेले अमेरिकालाई ३०४ रनको ठूलो अन्तरले पराजित गरेको छ । एकदिवसीय क्रिकेट इतिहासमा यो दोस्रो ठूलो जित हो। टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ४ सय ८ रनको विशाल स्कोर बनायो । जवाफमा अमेरिकी टोली मात्र १०४ रनमा सिमित भयो । र जिम्बावेले खेल ३०४ रनले जित्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय ८ रन बनाएको थियो । जिम्बाब्वेका कप्तान शन विलियम्सले १०१ बलमा १७४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । योसँगै जिम्बाब्वेले पहिलो पटक एकदिवसीय क्रिकेटमा ४०० रनको आँकडा पार गर्यो ।
जिम्बाब्वेले ५० ओभरमा ६ विकेट गुमाएर ४०८ रनको जवाफमा अमेरिकी टोली १०४ रनमा मात्रै अलआउट भयो । र जिम्बावेले आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा ठूलो जित दर्ता गर्न सफल भयो । समग्र क्रिकेट इतिहासमा दोस्रो ठूलो जित दर्ता पनि गर्यो। यसअघि सन् १९९९ मा ढाकाको मैदानमा जिम्बावेले केन्यालाई २०२ रनले पराजित गरेको थियो । अर्कोतर्फ जिम्बाब्वेका बलर रिचर्ड एनगरवा र सिकन्दर रजाले २–२ विकेट लिए । ब्राड इभान्स, ल्यूक जोङवे र रायन बर्लले १–१ सफलता पाए ।

टिप्पणी लेख्नुहोस्