लेख विवरण

विश्वकप छनोटमा नेदरल्याण्ड्सले वेस्ट इन्डिजलाई हरायो

विश्वकप छनोटमा नेदरल्याण्ड्सले वेस्ट इन्डिजलाई हरायो

काठमाडौंँ । विश्वकप छनोट खेलमा नेदरल्याण्ड्सले वेस्ट इन्डिजलाई पराजित गरेको छ । शाई होपको कप्तानीमा रहेको वेस्ट इन्डिजको टोलीले सुपर ओभरमा हार बेहोरेको हो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनाएको थियो । जवाफमा नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ७४ रन बनायो। र खेल बराबरीमा सकियो । त्यसपछि भएको सुपर ओभरमा ब्याटिङ गर्न आएको नेदरल्यान्ड्सले ६ बलमा ३० रन बनाएको थियो । वेस्ट इन्डिजलाई खेल जित्न ६ बलमा ३१ रन आवश्यक थियो ।

नेदरल्याण्डका ब्याट्सम्यान लोगान भान बेकले सुपर ओभरमा जेसन होल्डरविरुद्ध ३० रन बनाए । जवाफमा वेस्ट इन्डिजको टोली ५ बलमा ८ रन बनाएर आउट भयो । र नेदरल्याण्डले खेल जित्यो । यसअघि वेस्ट इन्डिजका लागि निकोलस पूरनले शतकीय इनिङस खेलेका थिए । उनले ९ चौका र ६ छक्काको मद्दतमा १०४ रन बनाए । यसबाहेक ब्रान्डन किङले ७६ रन बनाए । जोन्सन चार्ल्सले ५४ रनको महत्वपूर्ण योगदान दिए । नेदरल्याण्ड्सका लागि बास डी लिडे र साकिब जुल्फिकारले २–२ विकेट लिए ।

वेस्ट इन्डिजले दिएको ३७४ रनको जवाफमा नेदरल्यान्ड्सको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । नेदरल्याण्डका ओपनरले पहिलो विकेटका लागि ७६ रन जोडे। ३०औं ओभरमा १ सय ७० रनमा ४ विकेट गुमाउँदै नेदरल्यान्ड्स टोली संघर्ष गरिरहेको भए पनि त्यसपछि तेजा निदामानुरु र कप्तान स्कट एडवर्ड्सले १४३ रनको शतकीय साझेदारी गरेका थिए । तेजा निदामानुरुले १११ रनको उत्कृष्ट इनिङ खेले । कप्तान स्कट एडवर्ड्सले ६७ रनको योगदान दिए । त्यसपछि लोगान भान बेकले २८ रनको इनिङ्स खेलेर बाँकी काम पूरा गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.