लेख विवरण

एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक

एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौंँ । भारतमा हुने एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । आइसिसीले मंगलबार मुम्बईमा पत्रकार सम्मेलन गरी विश्वकपको तालिका सार्वजनिक गरेको हो । ४६ दिनसम्म चल्ने प्रतियोगिताको सुरुवात अक्टोबर ५ मा इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेलबाट हुनेछ । खेल अहमदाबादमा हुनेछ भने फाइनल खेल नोभेम्बर १९ मा अहमदाबाद स्टेडियममै हुनेछ । यसबाहेक एसियाका ठूला प्रतिद्वन्द्वी भारत र पाकिस्तानले अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०२३ को विश्वकपका खेलहरु १२ शहरमा खेलाइने छ । जसमा अहमदाबाद (नरेन्द्र मोदी स्टेडियम), बेंगलुरु (एम चिन्नास्वामी स्टेडियम), चेन्नई (एमए चिदम्बरम स्टेडियम), दिल्ली (अरुण जेटली क्रिकेट स्टेडियम), धर्मशाला (हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियम), गुवाहाटी (असम क्रिकेट एसोसिएशन स्टेडियम), हैदराबाद (राजीव गांधी अंतर्राष्ट्रीय क्रिकेट स्टेडियम, उप्पल), कोलकाता (ईडन गार्डन्स), लखनऊ (एकाना क्रिकेट स्टेडियम), इंदौर (होल्कर स्टेडियम), मुंबई (वानखेडे स्टेडियम) र राजकोट (सौराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियम) रहेका छन् ।

४६ दिनसम्म चल्ने प्रतियोगितामा नकआउट सहित ४८ खेल हुनेछन् । भारतले पहिलो पटक पूर्ण रुपमा विश्वकप आयोजना गर्न लागेको हो । यसअघि भारत र उसका छिमेकी मुलुकले उक्त प्रतियोगिता आयोजना गरेको थियो ।

यस पटकको विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । आयोजक भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया र इङ्ल्यान्ड सन् २०२३ को एकदिवसीय विश्वकपका लागि सोझै छनोट भएका छन् । बाँकी दुई टोली क्वालिफायर राउन्डबाट आउनेछन् ।

पहिलो एकदिवसीय विश्वकप सन् १९७५ मा खेलिएको थियो । सन् १९७५ जुन ७ मा भारत र इंग्ल्याण्डबीच एकदिवसीय विश्वकपको पहिलो खेल भएको थियो । लर्ड्स स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले भारतलाई २०२ रनले पराजित गरेको थियो ।

पहिलो विश्वकपको फाइनल खेल २१ जुन १९७५ मा लर्ड्स स्टेडियममा भएको थियो । प्रतियोगितामा अस्ट्रेलियालाई १७ रनले पराजित गर्दै वेस्ट इन्डिजले उपाधि जितेको थियो ।

पहला वनडे वर्ल्ड कप वेस्टइंडीज ने जीता था। साल 1975 में जीत के बाद ट्रॉफी के साथ वेस्टइंडीज टीम।

सन् १९८३ सम्म एकदिवसीय विश्वकप ६०–६० ओभरको थियो । सन् १९८७ देखि यो प्रतियोगिता ५०–५० ओभरको हुन थाल्यो ।

अस्ट्रेलिया प्रतियोगिताको सबैभन्दा सफल टिम हो, जसले ५ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । भारत र वेस्ट इन्डिज २–२ पटक च्याम्पियन बनेका छन् । इंग्ल्यान्ड, श्रीलङ्का र पाकिस्तानले १–१ पटक उपाधि जितेका छन् ।

The schedule for Cricket World Cup 2023

टिप्पणी लेख्नुहोस्

Please Login to comment.