मुख्यमन्त्री कप बुद्धिचाल प्रतियोगिताको उपाधि आशिषलाई
काठमाडौं । सुदूरपश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आशिष फुयालले जितेका छन् ।
अन्तिम चरणको खेलमा आशिषले पुर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसँग बराबरी खेले । नवौं चरणसम्म भएको खेलमा आशिषले अपराजित रहँदै ६ खेलमा जित र तीन खेलमा बराबरी निकाल्दै सात अङ्क जोडे् । आशिषले उपाधि सहित ४० हजार रुपियाँ पुरस्कार पाए ।
काठमाडौंका १४ वर्षीय पुरुषोत्तम सिलवाल दोस्रो भए । समान सात अङ्क जोडे्का उनी ट्राईबेकरमा पछाडि परे । नवीन तण्डुकार तेस्रो भए । दोस्रोलाई २५ हजार र तेस्रालाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
यसैगरी काठमाडौंका शुसुरत दाहाल, कैलालीका रोशन थापा, कनचन्पुरका टेकेन्द्र राज पाठक, चौथो, पाचौं र छैटौं स्थानमा रहे । महिलातर्फ मोरङकी शान्ति धिमाल पहिलो भइन् । उनले २० हजार रुपियाँ पुरस्कार पाइन् ।
झापाकी पूजा सिंखडा दोस्रो र काठमाडौंकी सिन्दीरा जोशी तेस्रो भए । दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपियाँ प्रदान गरियो । प्रतियोगितमा ३५ जिल्लाका ८५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

टिप्पणी लेख्नुहोस्