लर्ड्समा हुने दोस्रो टेष्टका लागि इंग्ल्याण्डको टोली घोषणा
काठमाडौंँ । इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको एसेज सिरिजको दोस्रो टेष्ट खेल भोलि अर्थात् जुन २८ गते मंगलबार लर्ड्समा हुँदैछ । पहिलो टेस्ट हारेको आयोजक इंग्ल्याण्डले दोस्रो टेस्टका लागि एक दिन अगावै प्लेइङ इलेभेन घोषणा गरेको छ ।
घोषणा गरिएको टोलीमा मोइन अली छैनन् । उनलाई इंग्ल्याण्डले प्लेइङ इलेभेनबाट बाहिर राखेको छ । औंलाको चोटका कारण मोइनले दोस्रो टेस्ट खेल्ने छैनन् । उनको स्थानमा तिव्र गतिका युवा बलर जोस टोङले मौका पाएका छन् । टोङले डेब्यु टेस्टमा पाँच विकेट लिएका थिए।
दोस्रो टेस्टका लागि इङ्ल्यान्डको प्लेइङ इलेवन : बेन डकेट, ज्याक क्राउली, ओली पोप, जो रुट, ह्यारी ब्रुक, बेन स्टोक्स (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), स्टुअर्ट ब्रोड, ओली रोबिन्सन, जोस टोङ र जेम्स एन्डरसन।

टिप्पणी लेख्नुहोस्