लेख विवरण

एकदिवसीय विश्वकपमा यी पाँच खेल निकै रोमाञ्चक हुने

एकदिवसीय विश्वकपमा यी पाँच खेल निकै रोमाञ्चक हुने

काठमाडौंँ । सन् २०२३ को एकदिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भई सकेको छ । तालिका सार्वजनिक भएपछि आइसिसीले प्रशंसकसँग अर्को रोचक जानकारी पनि शेयर गरेको छ । आइसिसीले भारत र पाकिस्तानसँगै अन्य पाँच खेलहरु निकै रोमाञ्चक हुने अनुमान गरेको छ ।

विश्वकप २०२३ मा भारत र पाकिस्तान अक्टोबर १५ मा एकअर्का बिरुद्ध प्रतिस्पर्धा गर्नेछन । जसको दर्शकदिर्घले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यस पटक इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हुने खेल पनि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । गत विश्वकपको फाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभरमा हराएको थियो । यस पटक पनि दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

भारत र अष्ट्रेलियाबीच अहिलेसम्म धेरै रोमाञ्चक खेलहरु भएका छन् । फेरि एक पटक यी दुई टोली मैदानमा एकअर्काको अगाडि हुनेछन् । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल अक्टोबर १३ मा हुनेछ ।

सन् २०१९ को विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेल मात्र जितेको थियो । तर, यसपटक टोलीले पुनरागमन गर्ने अनुमान गरिएको छ । अक्टोबर ७ मा बंगलादेश र अफगानिस्तानबीच धर्मशालामा हुने खेलले पनि धेरैको ध्यान जित्ने अनुमान गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.