लेख विवरण

विद्यालय स्तरीय पौडी प्रतियोगिता असारमा

विद्यालय स्तरीय पौडी प्रतियोगिता असारमा

काठमाडौं । दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता असार १५ आयोजना हुने भएको छ ।

प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा मल्टिभेन्युका महाप्रबन्धक प्रविनमान सिंह बस्नेतले जानकारी दिए ।

प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी चार वटा विधा समावेश गरिुउको आयोजकले जनाएको छ ।

प्रतियोगितामा एक सय खेलाडीको सहभागिता रहने र विजेतालाई ट्रफी, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.