नेपालले थाइल्यान्डलाई २ सय २५ रनले हरायो
मलेसिया । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय २५ रनले पराजित गरेको छ । नेपालले जितका लागि दिएको दुई सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड टोली १३ ओभर २ बलमा ४४ रन बनाउदै अलआउट भयो । नेपालका लागि सन्तोष यादवले ३ ओभर २ बलमा १ मेडन सहित ८ रन दिएर ५ विकेट लिए । अशोक धामीले पनि ३ ओभरमा २ मेडन सहित ४ रन खर्चेर ३ विकेट लिए । अभिषेख तिवारीले २ विकेट लिए ।
यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो । नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए ।
त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे । थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २÷२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच नेपालका सन्तोष यादव भए ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया र थाइल्यान्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन । थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेल आयोजक मलेसियासँग जुन ३० मा खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्