पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगितामा कोटेश्वर टिम च्याम्पियन
काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङले पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगिताको उपाधि आइतबार जितेको छ । कोटेश्वर ४ स्वर्ण, ३ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ४ कांस्यसाथ चन्द्रागिरी तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो भएको मूलपानी तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पा¥यो ।
कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगिताको पुरुषमा सुशंस्कार एकेडेमीका अशेष राई तथा महिलामा नवजीवन स्कुलकी रोशनी आचार्य उत्कृष्ट खेलाडी घोषित भए ।

टिप्पणी लेख्नुहोस्